एनआरएन जापानको उपाध्यक्षमा खड्काको उम्मेदवारी

एनआरएन जापानको उपाध्यक्षमा खड्काको उम्मेदवारी

एजेन्सी ।

सन् २०१९-२१ का लागि जापानमा हुन गइरहेको गैरआवासीय नेपाली संघको निर्वाचनमा नारायण खड्काले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । सबै युवामा हुने जोश र जाँगरको सहि सदुप्रयोग गर्ने र उत्प्रेरणा थपि योगदान गराउन खड्काले लामो समयदेखि जापानमा विभिन्न कार्यक्रम गर्दै आएनुभएको छ ।

“पारदर्शिता, सूचना र युवा शसक्तिकरणको लागि मेरो उम्मेदवारी” भन्ने नाराका साथ खड्का निर्वाचनमा होमिन लाग्नुभएको हो । युवाहरुको भावना सजिलै वुझ्न सक्ने क्षमता भएका कारण खड्का युवाहरुमाझ निकै लोकप्रिय हुनुहुन्छ । १५ बर्षअघि अध्ययनको क्रममा जापान पुग्नुभएका खड्काले सन् २००६ देखिनै एनआरएन जापानको गतिविधिमा सहभागी हुदै आउनुभएको थियो । पेशाले इन्जिनियर खड्का समाजमा हुने गरिवी, समाजिक कुरीति तथा गलत संस्कारको विरुद्द खरो रुपमा उत्रिदै सामाजिक सेवा मार्फत समाज परिवर्तनमा निरन्तर सक्रिय भएकै कारण जापानमा निकै लोकप्रिय हुनुभएको हो ।

२०७२ को भूकम्पमा नेपाल फर्किएर आफ्नो NGO मार्फत भूकम्प प्रभावित विभिन्न जिल्लामा पुगी राहत तथा उद्दारमा सक्रिय रहनु भएको थियो । १ बर्ष नेपालमै बसी आफ्नो NGO मार्फत ६५ वटा नीजि घर ४ वटा विद्यालको पूर्ननिर्माण खड्काकै पहल र प्रयासमा भएको थियो । गोरखा, सिन्धुपाल्चोक लगायत जिल्लामा खड्काले भूकम्पको बेला पूर्ननिर्माण अभियानमा निकै सक्रियताको साथ लाग्नुभएको थियो ।

शिक्षा र स्वास्थ्यको विकास विना मुलुकको विकास हुन सम्भव छैन भन्ने मान्यतमा अडिग खड्का शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनको पक्षमा रहेको बताउनुभयो । सामाजिक सेवा नै सबैभन्दा ठुलो सेवा हो भन्दै खड्का समाजमा हुने प्राकृतिक विपद र गरिवीकोबाट आक्रान्त परिवारप्रति सदैव सहयोग गरिरहने प्रतिवद्दता आफूले गरेको बताउनुहुन्छ । सन् २०१७-०१९ मा कार्यसमिति सदस्य पदमा निर्वाचित भई काम गरिसक्नुभएका खड्का जापानमा रहेका नेपालीमाझ निकै चर्चित र समाजसेवी छवि बनाउनुभएको छ ।

सन् २०१९-२०२१ मा उपाध्यक्षमा निर्वाचित भएर समाजसेवालाई अझै सक्रियताको साथ अगाडी बढाउने उहाँको प्रतिवद्दता छ । नयाँ प्रविधि र सिप मार्फत सबैमा आत्मनिर्भर भई मुलुकको विकासमा लाग्ने प्रतिवद्दताको कारण उहाँले निर्वाचनमा विजयी प्राप्त गर्ने धेरैको अनुमान गरेका छन् ।