आखिर नेपाल एयरलाइन्सको लाहप्रभाहि कहीले सम्म ???

आखिर नेपाल एयरलाइन्सको लाहप्रभाहि कहीले सम्म ???

Visit Nepal 2020 को अवसरमा  देश तथा विदेशमा नेपालीहरू तातीरहदा सम्बन्धीत निकायहरु चाही दिन प्रतिदिन लाहप्रभाही गरि रहेका छन !

२०२०पौष २६ गते बिहान २:३०को फ़्लाइट न RA 411 नेपाल एयरलाइन्सको जापान उडान ५ मिनेट ,१० मिनेट ,१ घण्टा २ घण्टा नभइ ४/४ घण्टा ढीला भएको छ ! 

यात्रुहरूलाई ब्रोडिङ गराइ जहाजमा चडीसकेपछि , कार्गो साइडको ढोका बन्द नभएको समस्याले ढीला हुन गएको जानकारीमा उल्लेखित छ ! 

२ घण्टाको हाराहारीमा कुरेर ब्रोडीङ पास भई उड़ान ढीला भई ४ घण्टा कुर्ने  अवस्थामा एयरपोर्ट भित्र खान पानको पछाडीको कुरा यस्तो जाडो महीनामा ताँतोपानीको समेत व्यवस्था नरहेको कुरा एक यात्रुले जनाएका छन ! 

यस भन्दा पहिले पनि जापान उडान नेपाल एयरलाइन्समा एयरसेट , ब्यांकेट , रुष्ट बोली जस्ता बिरोध भने नआएका हैनन !

Visit Nepal 2020 को सुरूवाती मै यस्ता समस्या यस्ता समाचारले विश्वसामु कस्तो सन्देश जाला ? हाम्रो राष्ट्रीय योजना के होला हामीले सोच्न पर्ने अवस्था आएको छ ! यसमा सम्बन्धित निकाय सबैमा ध्यान जाओस !!!