डायरीको पानामा अल्झिएको उनि र म बिचको अन्तरकथा…

डायरीको पानामा अल्झिएको उनि र म बिचको अन्तरकथा…

 घाम  डुब्न लागेको थियो  त्यो दिन; नजिकैको  गाउँलाई  केन्द्रविन्दु  बनाएर वारीपारीबाट  घेरा हाली  माओबादी  छापामारसंग दोहोरो  भिडन्त  भईरहेको थियो ! म त्यस सर्च मिशियनको क्याप्टेन कमाण्डर थिएँ। मेरो उद्देश्य  भन्नुनै  आफ्नो  कमाण्डमा रहेको सारा फौजलाई कन्ट्रोल गर्दै  दुश्मनलाइ  निश्तेज पार्नु,हराउनु,मार्नु,अथवा जिउदै कब्जामा लिनु थियो । 

मेरो दिमाग आखाँको निशानातर्फ केन्द्रित गर्दै आफ्नो मेशिन गन तयारी  पोजिशनमा राखें।  सारा फौजहरुलाई रेडी पोजिशनमा रहन आफ्नो मेशिन गन तयारी पोजिशनमा  राखें र सारा फौजहरुलाई रेडी पोजिशनमा रहन आदेश दिएँ। त्यसै बखत एक जना महिला पत्रकार आफ्नो ज्यानको प्रबाहनै नगरी टि.भी च्यानलको क्यामरा र माइक्रो फोन अगाडी सर्दै आईन्। सायद एक्शन पोजिशनमा भएर होला मैले उनको अनुहार तर्फ हेर्न नै भुलेछु । उनी घरिघरि माईक्रो फोन अगाडी तेर्साउदै  मलाई प्रश्न माथि प्रश्न थोपरी रहिन्। मैले  दुश्मनको अखडा तर्फ फाईरिङ गर्दै उनीलाई सुरक्षित स्थान तर्फ जान भनें तर मेरो  भनाईको प्रबाहनै नगरी उनी दुई चार शब्द दृश्यहरु बटुल्ने प्रयास गरिररहीन्। हेर्नुहोस्   पत्रकार जी, यसबेला हामीलाई तपाईको सुन्दर अनुहार, बोलीबचनको जरुरत छैन । तपाई यहाँ बाट तुरुन्त जान सक्नु हुन्छ अन्याथा तपाईको ज्यान तलमाथी पनि हुन सक्छ । you get lost from here  मैले रिसाएर भनेको थिएँ ।

सबै सिपाहीहरु एताउता खोज तलास गर्दै थिएँ । म भने केही बेर सोच मग्न रहें।

एक दिन पछि केही सुरक्षा फौजहरु त्यहाँ छोडेर बाँकी फौज जवानहरु लिएर म हेड क्वाटर काठमाण्डौ फर्किएँ। 

जय नेपाल क्याप्टेन साफ!,

जय नेपाल !, के छ हाल खबर ?,, मैले एक सिपाहीले सलौट मारे पछि जवाफी उत्तरमा सोधें। राम्रै खबर छ सर। , तपाईको बारेमा हिजो साँझको नेपाल टेलिभिजनले समाचारमा  तपाईको अन्तरबार्ता र सुरक्षा फौजको गतिबिधिबारे प्रसारण गरेको थियो। आज त झन पत्रिकाहरुले अगाडी पेजमा नै फोटोसहीत तपाईको अन्तरबार्ता छापेका रहेछन् । “बहादुरी साहसी क्यापटेन मिसियन कमान्डर शागर गुरुङ” भनेर अनि साफ लौ यो चाही एक केटी  मान्छेले हिजैमात्र छोडेर गएको पत्र।, 

भित्र गएर पत्रिका र चिठी ल्याएर मलाई दियो अनि ऊ आफ्नो काम तर्फ लाग्यो। म  चाहिँ पहिला पत्रिका हेर्न लागें । 

मैले आफ्नो फोटो परे बाट नियालेर हेरें । पहिलो  पटक पत्रिकामा छापिएको त्यो मेरो कालो-कालो रंग दलिएको म लडाकुको अनुहार र एक दुइ प्रश्नको जवाफहरू मैले एकोहोरो हेरिरहें । आफ्नो मेशिन गनको साथ एक्शन पोजिशन हरु । मलाई मेरो सैनिक सेवा प्रति  अझ धेरै गौरव गर्न मन लाग्यो अनि हतार हतार गर्दै मैले त्यो पत्र खोलेर हेरें । त्यो उही कल्पनाले लेखेकी रहीछीन्।, 

हेल्लौ शागर!, म उही कल्पना,अहिले पत्रकार।, 

पत्रकारीता जीवनमा पहिलो पटक सुरक्षा सैनिक र मावोबादी बीच भिडन्तको अवस्थामा स्थलगत खबरहरु बटुल्ने प्रयास गरीरहेकी थिएँ। हातहतियार र ज्यानसंग खेल्न  तम्सिएको त्यो जोस जागर र देश प्रति बफादारी देखेर खुसी लाग्यो । अन्तमा, तपाईलाई बाधा पुर्याएकोमा माफी चाहन्छु । पुरानो साथी कल्पना ।, 

पत्र पढेर साह्रै नरमाईलो लागिरह्यो।

भोलिपल्ट बिहानको नौ बजेको थियो होला मैले त्यो दैनिक पत्रिकाको प्रेस अफिसमा फोन गरें र आफूले कल्पनालाई भेट्न चाहेको र सैनिक अफिसर भएको बताएँ तर त्यहाँको  अधिकृतले तीन चार दिनको लागि पश्चिमी जिल्लातर्फ जानुभएको बतायो । मैले फोन  राखें अनि सरासर सिनियर अफिसरको अफिसतर्फ गएँ।

 क्यापटेन शागर!, म तपाईलाईनै खोज्दै छु।,

 एस सर!, मैले आफ्नो ईन्चार्जको सोधाईको साथसाथै सलौट मारें। तपाईको स्पेशल  कमाण्डो फोर्सलाई फेरी एक पटक मध्य पश्चिमको केहि दुर्गम क्षेत्र तर्फ सर्च अभियानमा  पठाउने निर्णय गरिएको छ। त्यसले गर्दा तपाई अहिले नै सकेसम्म चाडो तपाईको  कमाण्डमा रहेको फोर्सलाई तयारीमा राख्नुहोला।,

ओ के सर!,

अफिसरको हातबाट चाहिने सम्पूर्ण कागजात दस्तावेजहरु लिएँ अनि हतार हतार गर्दै  ब्यारेक गइ सबैलाई बाहीर ग्राउण्डमा रेडी रहन आदेश दिएँ । केहि क्षणमानै स्पेशल कमाण्डो फोर्सका सिपाहीहरु हातहतियार सहित लाईन बाई लाईन बसे। त्यस कमाण्डो फोर्समा संलग्न पचास जनाको डफ्फालाई सैनिकको हेलिकप्टरले उठेर त्यसतर्फ लिएर गयो।

कल्पनालाई भेट्ने र केहि क्षमा याचनाका कुराहरु गर्ने मेरो सोचाईलाई परिवर्तन गरेर  हतियार उठाउने तर्फ सोचाई बढाएँ। त्यो विकट पहाडी गाउँमा पुगेर हामी फटाफट उत्रियौ र दिएको लोकशन अनुसार अगाडी बढ्यौ। केहि पर पुग्ना साथ छापामारहरुले थापेको  एम्बुसमा परी चार जना सैनिकको घटना स्थलमानै मृत्यु भयो। मैले तुरुन्तै एक्शन भनि अडर दिएँ। सबै सैनिकहरु यत्रतत्र गर्दै राउण्ड मारेर अगाडी बढे। मैले कल्पना मार्फत पाएको जोश हौसलालाई हतियार बनाउदै दुइ छापामारलाई अचुक निशाना लगाएँ । सयौ  छापामारहरुको मृत्यु पछि उनीहरु आफ्नो बेसक्याम्प छोडी भागे। भने त्यहाँ बाट थुप्रै  बिष्फोटक पदार्थ र अन्य हात हतियारहरु बरामत गर्न हामी सफल भयौ।

एउटा ढुंगाको आड लिएर बसें। अनि यता उता हेर्न थालें र मैले उनीहरुलाई क्याम्प खडा गर्न निर्देशन दिएँ। म त्यसै तर्फ जादै थिएँ । अचानक एउटा तेजिलो गोली आएर मेरो  दाहीने कुँम छेडेर अर्को तर्फ निस्कियो । म त्यही लड्न पुगेछु तर होस गुमाईनं। सकि नसकी उठ्ने प्रयास गर्दै थिएँ । दुइ जना सीपाहीहरु आएर मलाई क्याम्प तर्फ लिएर गएँ ।अनि उपचार गर्न शुरु गरियो । जे भए पनि साँझ पर्न लागेको थियो । उता हेडक्वाटर मा पनि खबरहरु आदान प्रदान भैरहेको थियो । केहि क्षणपछि हेलिकप्टर पठाउने  कन्ट्रोल रूम ले आश्वाशन दियो । हेलिकप्टर आएपछि चार शहीद सैनिकको शब र एक  तर्फ स्टेचरमा मलाइ सुताएर राखियो।सर्च अभियानमा आफुहरुले सयौ छापामार मावोबादी मारेर हतियारहरु पनि  कब्जा गर्न सफल भएको मा मेरो कमाण्डो फोर्सका सारा सिपाहीहरु हेलिकप्टर भित्रै गाना गाउँदै रमाउदै थिएँ र कोही मलाइ सम्हाल्दै थिए त कोही आफ्नो साथी गुमाउन परेकोमा दु:ख मान्दै बसिरहेका थिएँ। काठमाण्डौ हेडक्वाटर पुगेपछि सनिक अस्पताल मा उपचार गरेपछि  केहि दिन आराम गर्नु पर्ने भयो र मलाई   पन्ध्र दिनको छुट्टी मिल्यो त्यसपछि मैले फेरी  पत्रिकाको हेड अफिसमा कन्ट्याक्ट गरें तर उनि केहि दिनको छुट्टी लिएर घर गएकी रहीछीन् ।म खुसीले रमाएँ। म कुनै पनि हालतमा भेटेरै छोड्छु ।आखिर घर पनि त टाढा कहा हो र ? वल्लो पल्लो टोल त होनि।,

मैले त्यसदिन पाएको उनको पत्रिकालाई आफ्नो झोलामा राखें अनि भोलि पल्टनै घर तर्फ लागें।,

पुगेको दिन नै मैले एक क्षमा याचना र साथमा पत्रको लागि दिदै अनि आफू आफू  बिचको सफल असफल अन्तर भिन्नताको कथा कहानी लेखि खुसि ब्यक्त गरि पत्र तयार पारेर खाममा हालें। बाहिर नाम खेल्दा कसैले केहि भन्ला सोध्ला भन्ने दरले  मैले  बाहिर केहि लेखिनं जसरि भएपनि कल्पानाको घर जाने बिचारले म गाउँ घुमेर आउछु भन्दै  ढाटेर बाहीर निस्कें।,

मेरो घाउ अझै राम्रो संग निको भएकै थिएन । बाहीर आएर केहि  

क्षण सोच्दै चियरमा बसें। साथमा भएको चिठी त्यहि चियरको बिछ्यौना मुनि राखेको थिएँ। लगभग दश पन्ध्र मिनेट पछि जुरुक्क उठेर केहि पर पुगेको मात्र के थिएँ मेरो  श्रीमती ले बोलाईंन् ।,

ए मिनुको बाबा !, पख्नुहोस् त, एउटा खबर त मैले भन्नै बिर्सिरहेको रहीछु । कस्तो होला मेरो दिमाग पनि ।,

मेरो श्रीमती टाउकोमा हात लगाउदै आईन् । तपाईलाई थाहा छ ? तपाईहरुको पछिल्लो डफ्फा मावोबादी छापामारहरु संग भिडन्त हुदा अन्तरबार्ता लिन गएकी त्यो पल्लो  टोलकी एक महिला पत्रकार रहीछीन्। दश बाह्र दिन अगाडी होला यहाँ घर सोध्दै आएकी थिईन्।तपाईको अन्तरबार्ता फोटोहरु पत्रिकामा छापी दिएकी छु भन्दै थिईन् । कस्तो  साहासी बहादुर सिपाहीको श्रीमती, तपाई त भाग्यामानी हुनुहुदो रहे छ  भनेर तपाईको  तारीफ गरेर बिदा भएर गईन्। सायद केहि समस्या परेको हुनु पर्छ । अध्यारो अनुहार  देखेको थिएँ तर त्यही पारि गाउँमा नाकाबधारीहरुले अपहरण गरि आफ्नो गोप्य कुराहरुको भण्डाफोर गरि पत्रिकामा छापेको आरोपमा हत्या गरिदिए । लास लिएर अस्तिको दिन मात्र प्रहरी टोलि गएका हुन् । त्यसैले अलि होसियारीका साथ हिड्नु  बोल्नु होला ।,

मेरो श्रीमतीले पहिला म बसेको चियरको बिछ्यौनाको धुलो झार्दै भनिन् । म त छागा बाट खसे झै भएँ तर श्रीमतीको अगाडी आफुलाई सम्हालें म त फौजी मान्छे सानो तिनो  दु:खको कुराले छुदैन थियो ।, 

ओ हो यो कसको चिठी हो, कसले यहाँ राखेछ?

नाम बिनाको छ हेर्नुहोस् त मिनु को बुबा।, 

खै खै कसको रहेछ म हेर्छु।, मैले  आफुलाई सम्हाल्दै नाटकीय ढंगले भनें।

बास्तबमा मैले राखेको ठाउँ बाट नै लैजान बिर्सेको रहेछु। कतै यो तपाईको त हैन ? 

अ हो मेरो नै हो र त्यो मैले नै लेखेको हो।,

मैले सत्य नलुकाई निरास, दु:खी बनेर सिधै बताएँ। मेरो अनुहार देखेर मेरो श्रीमती  छक्क परेर हेरेको हेरेकै भईन्। एक छोरा र छोरी स्कुल गईसकेका थिएँ भने बुबा आमा बुढा बुढी भएकोले घरको अर्को तर्फ घाम तापेर बसिरहनु भएको थियो।,

 हेर मिनुको ममी बास्तबमा यो त्यस्तो ठुलो कुरा हैन र तिमीलाई लुकाउनु पर्ने कुरा पनि छैन किन भने यो पत्रमा लेखिएको उनी र म बीचको अन्तरकथा हो। जसको  दु:खान्त घटना त तिमीले मलाई भनिसक्यौ। हिड जाऔ भित्र बाकी सबै कुरा म वृतान्त  बताउछु।,

मैले मेरो श्रीमतीलाई फकाउदै भित्र लिएर गएँ अनि ढोका बन्द गरें।, 

लगभग छुट्टी सकिन पनि चार पांच दिन मात्र बाकी थियो। मेरो कुंममा भएको घाउ पनि प्राय निको भैसकेको थियो। राम्रै संग हिड्दुल गर्न सक्ने भएको थिएँ। घरमा बुबा आमा  श्रीमती छोरा छोरी सबैलाई सम्झाउदै बिदा मागेर म फेरी कल्पनाको हौसलालाई सर्बोपरी  ठानेर उही आफ्नो स्पेशल कमाण्डो फोर्समा सामेल हुन फर्किएँ।

                                         समाप्त !!!!

✍️विनोद प्रधान