नेपाल एयरलाईन्सका समस्या औँल्याउँदै, समाधानको लागी अनुमति समेत मागी संवन्धित सबै निकायलाई पत्राचार गर्यो “जनसहयोग जापान 日本” ले

नेपाल एयरलाईन्सका समस्या औँल्याउँदै, समाधानको लागी अनुमति समेत मागी  संवन्धित सबै निकायलाई पत्राचार गर्यो “जनसहयोग जापान 日本” ले

झण्डै १ लाखको हाराहारीमा जापानमा रहेका सबै नेपालीहरुको लागी आफ्नै एयरलाइन्समा नेपाल-जापान यात्रा गर्न पाउनु सबैको एक चाहना तथा गर्वको कुरा पनि हो ! साथै आजसम्म नेपाल-जापानको सिधा उडान गर्न नपाएका आम-जापानबासी नेपालीहरुको लागी “कुनै ट्राञ्जिटबिनाको यात्रा कस्तो होला त”भन्ने कौतुहलता पनि थीयो नै ।

भदौ १२ गतेदेखी नेपाल वायु सेवा निगम(नेपाल एयरलाईन्स)ले जापानको कान्साई एयरपोर्ट(ओसाका)बाट सिधा उडान सुरु गरेको छ ! सुरुवातको चरणमा न्युन संख्यामा यात्रुहरु लिएर उड्न बाध्य भएको राष्ट्रीय ध्वजवाहक विमानले पछिल्लो समय १५० देखी २०० जनासम्म यात्रुसहितको उडान भर्न सफल भएको छ । आशा छ अझ बढि मेहनत गरी विमानको सिट क्षमतालाई पूर्ण रुपमा भरीभराउ गराई नियमित उडान भर्नेछ साथै ओसाकाबाट मात्रै नभै जापानको टोकियोबाट पनि यथासक्य छिटो उडान सुरु गराउनको लागी संबन्धित निकायले कदम चाल्नुपर्छ ! टोकियो आसपासमा बसोबास गर्ने नेपालीको संख्या झण्डै ३०हजार हाराहारीमा रहेको छ ।
काम गर्दै जाँदा राम्रो-नराम्रा केहि कमी-कमजोरी हुनु स्वाभाविक नै हो; ति कमि-कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नु संबन्धित निकाय र जिम्मेवार व्यक्तीहरुको कर्तव्य हो ! साथै विभीन्न क्षेत्रमा रहिरहेका कमी-कमजोरीलाई औँल्याउनु र सुधार्न सहयोग गर्नु हामी सबै नेपालीको दायीत्व पनि हो ! पहिले देखी नै नेपाल एयरलाईन्सको व्यवस्थापनसंवन्धि बिभिन्न कमजोरीहरुको बारेमा सुन्दै आएका जापानबासी नेपालीहरुले जापानको उडान सुरु गरेपछि आँफैले नै ति समस्याहरु भोग्न थालेपछि अझबढि गुनासोहरु बाहिर आईरहेका छन् ।

“ व्यवस्थापन गर्नको लागि आर्थिक समस्या नै मुख्य कारण हो भनेहाम्रो ग्रूप तथा जापानबासी सहयोगी नेपालीहरुले जहाजमा चाहिने सम्पूर्ण(ब्ल्याङ्केट,हेडफोन लगायत) कुराहरूको व्यवस्था मिलाउने तथा हाम्रोएयरलाइन्सलाई अन्य एयरलाइन्स जस्तै सेवा सुविधायुक्त बनाउनको लागीहामी आँफै नै सहयोग गर्ने अनुमति समेत माग्दछौँ !”

“राम्रो कामलाई पूर्ण साथ-समर्थन र नराम्रो कामको लागी खुलेर विरोध गर्नु अनि विभिन्न निकायमा रहिरहेका समस्याहरु समाधानको लागी अगाडि सर्नु आम-नागरीकको दायित्व पनि हो” भन्दै विशेषत: नेपाल-जापानको उडान भरीरहेको विमानमा यात्रुको लागी अत्यावश्यक सामानहरु व्यवस्थापनको पहल गर्न अथवा व्यवस्थापन गर्ने जिम्मेवारी दिनको लागी अनुमती माग्दै जनसहयोग जापान 日本 फेसबुक ग्रुपले नेपाल एयरलाईन्ससँग सम्बन्धित निकाय र जिम्मेवार व्यक्तीहरुलाई ईमेल मार्फत पत्राचार गरेको छ ।

यस्तो छ पत्र:-

जनसहयोग जापान日本

श्री पर्यटन तथा नागरिक उड्यन मन्त्रालय ,

श्री त्रिभुवन अन्तराष्ट्रीय विमान उड्यान विभाग , 

श्री नेपाल-जापान एयरलाइन्स व्यवस्थापन शाखा कर्यालय जापान ,

विषय : जापान उडान व्यवस्थापन सम्बन्धमा !

महोदय, 

सर्वप्रथम नेपाल एयरलाइन्सले जापान उडान अनुमति पाउनको लागि योगदान गर्ने, त्यसलाई सफल बनाउने सम्बन्धित सबैको महान कार्यप्रति हामी जापानबासी धेरै खुसी भई सबैको कार्य योगदानप्रति आभार व्यक्त गर्न चाहन्छौँ ! आफ्नो देशमा राष्ट्रीय ध्वजावाहक विमानमा जाऊँ र जानुपर्छ भनेर हामीले प्रचार गरिरहँदा “हात्ती छिर्यो, पुच्छर अड्क्यो” भनेको जस्तै सामान्यकुरामा व्यवस्थापन गर्न नसक्नु वा व्यवस्थापनमा लापर्वाही देख्दा निकै दुःखलागेको छ ! लामो समयको यात्रामा यात्रुहरूलाई यात्रा सहज पार्ने जस्तोकुरामा ध्यान दिनु स्वाभाविक नै हो तर हाम्रो नेपाल एयरलाइन्सका केहि लापर्वाहीका कारण धेरै आलोचना अर्थात् गुनासोहरू बाहीर आइरहेको छन ! 

लामो समयको यात्रा त्यसमा पनि हवाई मौसम अनुकूल अत्याववश्यकपर्ने ब्ल्याङ्केट सबैलाई अनिवार्य दिन नसक्नु ! 

लामो यात्रामा थकान महसुस नगराउनको लागी चाहीने मनोरंजनकोलागि हेटसेट नहुनु , खै  भनेर माग गर्दा “आफै बोकेर आउनुपर्छ” जस्तो तुच्छ शब्द प्रयोग गरि यात्रुलाई जवाफ दिइनु !

मौसमको कारण उडान ढीलो हुनु स्वभाविक नै हो तर सामान्य मौसममापनि हवाई उडान ढीलो गर्नु !

अत्यावश्यक immigration, Costom card हरू नहुनु ! 

जहाज भित्र सरसफाई नहुनु , जहाज भित्र साङग्ला तथा किराहरू भेटिनु!

अतिथी देवो भवभनेर राष्ट्रीय शब्द बोल्ने अनि व्यवहारमा तुच्छ गर्नेपरम्परा , एयर होस्टेजको असामान्य व्यवहार !

जस्ता हामीले गर्न सक्ने तर नगर्ने परम्परामाथि गम्भिर ध्यानार्षण गराउन तथा सुधार गरि “पर्यटन वर्ष २०२०”लाइ सभ्य तथा भव्यताको साथ सफल पार्न सम्बन्धित सबै पक्षमा हार्दिक अनुरोध गर्दछौ ! हामी जापानमा हाम्रो देशनेपाल तथा पर्यटन वर्ष २०२०को सफलताको लागि प्रचार-प्रसार गर्ने क्रममाछौँ ! यदी व्यवस्थापन गर्नको लागि आर्थिक समस्या नै मुख्य कारण हो भने हाम्रो ग्रूप तथा जापानबासी सहयोगी नेपालीहरुले जहाजमा चाहिने सम्पूर्ण(ब्ल्याङ्केट,हेडफोन लगायत) कुराहरूको व्यवस्था मिलाउने तथा हाम्रो एयरलाइन्सलाई अन्य एयरलाइन्स जस्तै सेवा सुविधायुक्त बनाउनको लागी हामी आँफै नै सहयोग गर्ने अनुमति समेत माग्दछौँ ! यथासक्य छिटो यो विषयमा ध्यानाकर्षण हुनेछ र संवन्धित निकायबाट उचीत अनुमती प्राप्त गरीहाम्रो जिम्मेवारी पुरा गर्ने कदम चाल्न सक्नेछौँ भन्नेमा आशावादि छौँ । हैन भने ढीला नगरीकन यात्रुहरूको सेवा सुविधामा कुनै कन्जुस्याइँ नगरी छिटोभन्दा छिटो प्रभावकारी बनाउन सम्पूर्ण सम्बन्धित पक्ष, मन्त्रालय, बिभाग, जापान शाखा, सम्बन्धित कर्मचारी, संचालक सदस्यमा समेत विनम्र अनुरोध गर्दछौँ !

! जय देश जय प्रदेश ! सकारात्मक सोच राखौँ, देशको ईज्जतमा ख्यालराखौँ ! 

जनसहयोग जापान日本 

Facebook ग्रूप परिवार जापान !